राजनीति

प्रधानमन्त्री दाहाल कम्पाला जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डा जाने भएका छन्। माघ ४ गतेदेखि ६ गतेसम्म युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिन जान लागेका हुन्।

प्रधानमन्त्री दाहालको भ्रमण तालिका मंगलबारको मन्त्रीपरिषद्ले स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बुधवार जानकारी दिएकी थिइन्।

उनकाअनुसार प्रधानमन्त्री दाहाल माघ ४ गते नै कम्पाला जाने कार्यक्रम तय भएको छ।

असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठक भने माघ ३ गतेदेखि ४ गतेसम्म हुनेछ। त्यसमा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद पनि युगान्डा जाने कार्यक्रम छ। यसैगरी उच्च पदाधिकारीहरूको बैठक भने माघ १ गतेदेखि २ गतेसम्म हुनेछ। यो बैठकका लागि परराष्ट्र सचिव सेवा लम्साल जाने तयारी छ।

प्रकाशित: २६ पुस २०८० ०१:४० बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डा पुष्पकमल दाहाल कम्पाला शिखर सम्मेलन असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू