राजनीति

नेकपा एसले टुङ्ग्यायो राष्ट्रिय सभाका लागि आफ्नो २ उम्मेदवारको नाम

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ।

आज बिहान कार्यदलले दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको हो।

एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल  विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आइतवार बिहान बसेको सचिवालय बैठकले उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको थियो। तीनैजनाको आज बसेको बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो।

प्रकाशित: २३ पुस २०८० ०४:०१ सोमबार

नवगठित नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभा दुई जना उम्मेदवार घनश्याम रिजाल विश्वकर्मा कर्णाली सावित्री मल्ल