राजनीति

राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर निषेधित क्षेत्रको अवधि लम्बियो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर निषेधित क्षेत्र घोषणा गरेको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटारसम्मलाई निषेधित क्षेत्र तोकेको जानकारी दिएका हुन्।

त्योसंगै संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको आदेशमा उल्लेख छ।

प्रकाशित: ४ पुस २०८० १३:३२ बुधबार

जिल्ला प्रशासन कार्यालय काठमाडौँ राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर निषेधित क्षेत्र