राजनीति

यात्रामा प्राप्त सुझाव पूरा गर्ने ओलीको प्रतिबद्धता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राका क्रममा प्राप्त सुझाव काठमाडौं पुगेर सम्बोधन गर्ने बताएका छन्।

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा हिजो लमजुङकाे सुन्दरबजार नगरपालिका स्थित खत्रीठाटीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गरे।

त्यस अवसरमा लमजुङका खेल मैदान, मध्यपहाडी लोकमार्गका समस्याबारे प्रतिनिधिसभा सदस्य तथा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अध्यक्ष ओलीलाई जानकारी गराएका थिए। रासस

प्रकाशित: २३ मंसिर २०८० १३:४१ शनिबार

संकल्प यात्रा केपी शर्मा ओली झुलाघाट–चिवाभञ्ज्याङ