राजनीति

एनसेल प्रकरणमा छानबिनका लागि तयार रहन सभापति रविको चुनौती

एनसेल किनबेचको विवाद चर्कँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुरुवाती दिन देखिनै  कुन कुन नेताले कति कति रकम खाए ? भन्दै छानबिनको लागि तयार हुन चुनौती दिएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा उनले यस्तो प्रश्न राखेका हुन्।  

स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो’, उनले लेखेका छन्, ‘टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन  दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र  पचाए, खुला छानबिन गर्न तयार हुने हो ??।’

प्रकाशित: २० मंसिर २०८० ०४:५८ बुधबार

एनसेल एनसेल किनबेच रवि लामिछाने छानबिन