राजनीति

तीनकुनेमा युवा सङ्घको कोणसभा सुरु

तीनकुनेमा प्रदर्शन गरिरहेको नेकपा (एमाले) निकट युवा सङ्घको समूहले सोही स्थानमा कोणसभा सुरु गरेको छ। 

युवा सङ्घले तीनकुने हुँदै कोटेश्वर र कोटेश्वरबाट पुन तीनकुनेसम्म र्‍याली गरेको थियो। र्‍यालीपछि अहिले कोणसभा सुरु भएको हो। कोणसभामा अहिले नेताहरुले मतव्य राखिरहेका छन्। 

आज राजधानीमा दुई समूहले प्रदर्शन गरिरहेका छन्। बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरिरहेको छ भने नेकपा ९एमाले० निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरिरहेको छ। 

प्रकाशित: ७ मंसिर २०८० ०८:२६ बिहीबार

नेकपा (एमाले) युवा सङ्घ