राजनीति

पुल्चोकस्थित मन्त्री निवास क्षेत्रमा निषेधाज्ञा, पाँच जना बढी भेला हुन नपाइने

सरकारले काठमाडौंपछि ललितपुर जिल्लामा पनि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले स्थान विशेषमा निषेधाज्ञा जारी गरेको हो।

ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जनाएका छन्।

जिल्ला प्रशासन कार्यालयले ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरेको हो।

प्रकाशित: ५ मंसिर २०८० ११:३८ मंगलबार

ललितपुर जिल्ला निषेधाज्ञा