राजनीति

प्रधानमन्त्री दाहाल आज रुकुम पूर्व जाँदै

फाइल तस्बिर <br>

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज  पार्टीको प्रशिक्षण तथा जनसभालाई सम्बोधन गर्न रुकुम पूर्व जाने भएका छन्। 

 प्रधानमन्त्री दाहाल अहिले  बिहान  ११ बजे रुकुम पूर्व पुग्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि माओवादी केन्द्रीय नेताहरु, प्रदेशका नेता र जिल्ला तहका नेताहरु रुकुम पूर्व मैकोट पुगिसकेका छन्।माओवादीको विशेष अभियान अन्तरगत १२ जिल्लामा प्रशिक्षण चलिरहेको छ । 

प्रकाशित: ३ मंसिर २०८० ०४:५३ आइतबार

प्रधानमन्त्री दाहाल आज रुकुम पूर्व जाँदै