राजनीति

टिकटक बन्द गराउन मातहतका निकायलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा पत्राचार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दुरञ्चार प्राधिकरणलाई टिकटक बन्द गराउन पत्राचार गरेको छ।

सरकारले गरेको निर्णयको प्रतिलिपिसहित प्राधिकरणलाई आजै नै पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।

आजको मन्त्रिपरिषद्बाट निर्णय भए लगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्जार प्राधिकरणलाई निर्णय कार्यान्वयनका लागि पत्राचार भइसकेको मन्त्रालयका सचिव कृष्णबहादुर राउतले  जानकारी दिए।प्राधिकरणलाई जतिसक्दो चाँडै टिकटक बन्द गर्न निर्देशन दिइएको उनको भनाई छ।  

प्रकाशित: २७ कार्तिक २०८० १३:१३ सोमबार

टिकटक बन्द गराउन मातहतका निकायलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा पत्राचार