राजनीति

कोशी प्रदेश सभा बैठक कात्तिक १ गते बस्ने

कोशी प्रदेश सभाको बैठक कात्तिक १ गते बस्ने भएको छ। असोज २० गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक कात्तिक १ गते ११ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।  

कोशी प्रदेश सभा सचिवालयले सोमवार सूचना प्रकाशित गरी प्रदेश सभाको बैठक कात्तिक १ गते बस्ने जनाएको हो। असोज २० गते तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको बैठकमा मुख्यमन्त्री कार्कीले पदबाट राजिनामा दिने घोषणा गरेका थिए।  

मुख्यमन्त्री  कार्कीले पदबाट राजिनामा दिने घोषणा गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो।  

प्रकाशित: २९ आश्विन २०८० ०६:२० सोमबार

कोशी प्रदेश प्रदेश सभा प्रदेश सभा सचिवालय