राजनीति

चीनले नेपालमा पार्टी विशेषलाई सघाएको छैन : प्राध्यापक सियाओ

प्रा.चेन सियाओ। तस्विरः कृष्ण

काठमाडौं— एक जना चिनियाँ ‘थिंकट्यांक’ले चीन सरकारले नेपालमा पार्टी विशेषलाई निकट राखेर काम नगरेको बताएका छन्। रेनमिन विश्वविद्यालय अफ चीन, अन्तर्राष्ट्रिय अध्ययनका निर्देशक प्रा.चेन सियाओले सोमबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा भने, ‘चीनले नेपालका सबै राजनीतिक पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्छ। कुनै अमुक पार्टीलाई चीनको सहयोग रहँदैन।’

‘चीन कम्युनिष्ट मुलुक भएकै आधारमा नेपालमा कम्युनिष्ट पार्टीहरु सहयोग गर्छ भन्ने कुरा सत्य होइन। मैले काँग्रेस र अन्य पार्टीका नेताहरुसँगको भेटमा पनि यो कुरा प्रस्ट पारेँ’, उनले भने।

उनीहरुको जनाधारका दृष्टिमा चीनले नेपालका पार्टीहरुलाई हेर्ने गरेको प्राध्यापक सियाओको भनाइ थियो। ‘चीन कम्युनिष्ट मुलुक भएकै आधारमा नेपालमा कम्युनिष्ट पार्टीहरु सहयोग गर्छ भन्ने कुरा सत्य होइन। मैले काँग्रेस र अन्य पार्टीका नेताहरुसँगको भेटमा पनि यो कुरा प्रस्ट पारेँ’, उनले भने।

वीपी कोइरालाले सन् १९६० मा प्रधानमन्त्रीको हैसियतमा गरेको चीन भ्रमण स्मरण गर्दै उनले त्यो समयदेखि नै नेपाली काँग्रेससँग चीनको सुमधुर सम्बन्ध रहँदै आएको उनले बताए। तराई केन्द्रित पार्टीहरुतर्फ संकेत गर्दै उनले नेपालका क्षेत्रीय पार्टीहरुसँग पनि चीनको सम्बन्ध राम्रो भएको दाबी गरे।

बेल्ट एन्ड रोड औद्योगिकरणका लागि कोशेढुंगा
चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ नेपालको औद्योगिकरणका लागि कोशेढुंगा हुनसक्ने उनको भनाइ थियो। रिनमेन युनिभर्सिटीबाट पीएचडी विद्यार्थी नारायाण अधिकारीले संयोजन गरेको सो कर्याक्रममा बोल्दै उनले बेल्ट एन्ड रोडको प्रेमवर्कभित्र रहेर नेपालले जलविद्युत् आयोजाना एवं औद्योगिकरणलाई अघि बढाउन सक्ने बताए।

सन् २०१७ मे १२ मा नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभको समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

‘यो ६ महिनामा बेल्ट एन्ड रोडबारे नेपाली पक्षबाट भएको प्रगतिबारे तपाइँको  बुझाइ के छ ?’, भन्ने नागरिकन्युजको प्रश्नमा उनले भने, ‘सम्झौताको कार्यान्वयन महत्वपूर्ण पक्ष हो। यो परियोजना कार्यान्वयनका तीन चरण छन्। ती मध्ये दुवै देशलाई सहज हुने विन्दूबाट काम सुरु गर्दा राम्रो हुनेछ।’
 

प्रकाशित: १३ कार्तिक २०७४ ११:५७ सोमबार

चीनले नेपालमा पार्टी विशेषलाई सघाएको छैन प्राध्यापक सियाओ