राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै

फाइल तस्बिर

सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ः ३० बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।  

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै, उर्जा जलश्रोत तथा सिचाइँमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने, सभामुखले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित: २२ आश्विन २०८० ०३:२४ सोमबार

सङ्घीय संसद प्रतिनिधि सभा सभामुख देवराज घिमिरे