राजनीति

प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’

छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए।

अहिले भने नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु भएको छ।रासस

प्रकाशित: ८ आश्विन २०८० ०३:४६ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन ग्रेट हल अफ दि पिपल गार्ड अफ अनर