राजनीति

एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत

नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले  २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

मनोनीत हुनेमा अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुली,अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव, दिपक केसी रहेका छन्।

त्यसैगरी धनबहादुर कार्की,धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्याय केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

प्रकाशित: २८ भाद्र २०८० १०:१० बिहीबार

नेकपा एकीकृत समाजवादी