राजनीति

निष्ठाको राजनीतिबाट कहीँ कतै चुकेको छैन: कानूनमन्त्री गुरुङ

फाइल तस्बिर

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गरेका छन्।

आज प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो दावी गरेका हुन । सांसदहरूले सो विधेयक ल्याउने क्रममा बिचौलियाहरू हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि सांसदहरूलाई आग्रह गरे । मन्त्री गुरुङले मन्त्री सधैँ नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने बताए।जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो देखि आफूले राजनीति नगर्ने उनको भनाई छ।

मन्त्री गुरुङले आफू जिन्दगीभर बिचौलिया विरुद्ध लडेर आएको जिकिर गर्दै आफ्नो पृष्ठभूमि नियालेर हेर्न पनि सांसदहरूलाई अनुरोध गरे । 

प्रकाशित: १२ भाद्र २०८० १०:५० मंगलबार

निष्ठाको राजनीतिबाट कहीँ कतै चुकेको छैन: कानूनमन्त्री गुरुङ कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ प्रतिनिधि सभा