राजनीति

संघीय निजामती सेवा विधेयकको मस्यौदा मन्त्रिपरिषदमा गइसक्यो मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन निर्माणका लागि सबै तयारी पुरा गरेर विधेयकको मस्यौदा  मन्त्रिपरिषदमा पठाएको बताएका छन्।

आज विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री मोदीले संघीय निजामती सेवा ऐन निर्माणका लागि विधेयक संसदमा लैजान  मन्त्रिपरिषद्मा स्वीकृतिका लागि मंगलबार पठाइसकेको बताएका हुन्।

उनले विधेयकको मस्यौदा मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि संसदमा पेश हुने बताए। ‘सरोकारवाला सबै पक्षसँग छलफल गरी निजामती ऐन निर्माणका लागि विधेयकको मस्यौदा मन्त्रीपरिषद्मा पठाइएको छ’ उनले भने‘मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि संसदमा पेश हुन्छ।’ मन्त्री मोदीले निजामती सेवा क्षेत्रको सुधारका लागि  सधैँ सुगममा मात्रै बस्दै आएका कर्मचारीहरूको सरुवा गर्न लिस्ट तयार पार्ने काम भइरहेको जानकारी दिए। उनले कोही सुगममा मात्रै बस्ने र कसैले दुर्गममा मात्रै बस्नु पर्ने अवस्थाको अन्त्य गर्ने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिए।  

प्रकाशित: २४ श्रावण २०८० १४:२५ बुधबार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री संघीय निजामती सेवा ऐन संघीय निजामती सेवा विधेयकको मस्यौदा मन्त्रिपरिषदमा गइसक्यो : मन्त्री मोदी मनलाल मोदी