नेकपा एमालेका सचिव योगेश भट्टराईले क्विन्टल सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने/ नबनाउने बिषयमा भोटिङ गर्ने प्रस्ताव राखेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले उच्चस्तरीय छानबिन समिति बनाउने नबनाउने बिषयमा भोटिङ गर्ने प्रस्ताव राखेका हुन्।
उनले भने, 'क्विन्टल सुन प्रकरणको छानबिन समिति बनाउन कोहि सहमत छौ कोहि सहमत छैन भने, कुनै पार्टीले ह्वीप नलगाऔं। म प्रस्ताव राख्छु मान्य सभामुखले भोटिङ गराउनुस। यदि संसदले छानबिन समिति बनाउन हुँदैन भन्यो भने एमालेको आन्दोलन त्यहि अन्य हुन्छ।'
प्रकाशित: २३ श्रावण २०८० १०:४६ मंगलबार