राजनीति

प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो।

प्रकाशित: २२ श्रावण २०८० ०७:२५ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल साउदी अरबका राजदूत साद अबुहमिद