राजनीति

ललिता निवास प्रकरणमा काँग्रेस नेता विजय कुमार गच्छदार सहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री समेत रहेका काँग्रेस नेता विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध हिजो साँझ  पक्राउ पूर्जी जारी भएको प्रहरीले बताएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी छन् । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी जारी  गरिसकेको छ ।

प्रकाशित: २२ श्रावण २०८० ०४:२० सोमबार

विजयकुमार गच्छदार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरण सञ्जयकुमार शाह चन्द्रदेव जोशी डम्बर श्रेष्ठ