राजनीति

अवरुद्ध संसद खोलौँ, सुन तस्करी छानबिनमा सघाऔँः सांसद अधिकारी

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताएका छन। 

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद अधिकारीले सांसदलाई सुचारु गर्न सबैले ध्यान दिनुपर्ने बताएका हुन। उनले संसद सुचारु भएमा सुन प्रकरणको छानबिनमा सघाउ पुग्ने बताए।  उनले ललिता निवास जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेहरूलाई कानुनी कारबाहीबाट चोख्याइने गरेको भन्दै यसो गर्नु नहुने धारणा व्यक्त गरे। सांसद अधिकारीले सबैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए। 

उनले जग्गा फिर्ता गर्नेहरूलाई कानुनी कारबाही नगर्ने हो भने यस्ता प्रकरणहरू दोहोरिइरहने विचार व्यक्त गरे। 

प्रकाशित: १९ श्रावण २०८० १२:५५ शुक्रबार

जनता समाजवादी पार्टी नेपाल प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति अवरुद्ध संसद खोलौँ सुन तस्करी छानबिनमा सघाऔँः सांसद अधिकारी