राजनीति

माओवादीको केन्द्रीय समिति बैठक सुरू

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बैठक बसिरहेको छ।  

केन्द्रीय समिति बैठकको लाइभ गर्ने बताइए पनि बुधबार बिहान बसेकाे स्थायी कमिटी बैठकले लाइभ नगर्ने निर्णय गरेको थियो । माओवादीको केन्द्रीय समिति बैठक ५ दिनसम्म चल्नेछ। बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ।

बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य  र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी छन्।

प्रकाशित: १७ श्रावण २०८० ०७:४३ बुधबार

माओवादीको केन्द्रीय समिति बैठक सुरू नेपाल प्रज्ञा प्रतिष्ठान नेकपा माओवादी केन्द्र