राजनीति

बिना निष्कर्ष टुंगियो संवैधानिक परिषद्को बैठक

फाइल तस्बिर

संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको छ। मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबार बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको हो।

बैठकले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भनिए पनि  त्यसमा सहमति जुट्न सकेन्।

बैठक पुन बिहीबार अपराह्न ५ बजे बस्ने र सोही बैठकबाट प्रधानन्यायाधीश र अरू संवैधानिक निकायमा रिक्त रहेका पदमा सिफारिस गर्ने सहमति भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बताएका छन्।  

प्रकाशित: १६ श्रावण २०८० १२:२८ मंगलबार

संवैधानिक परिषद्को बैठक