राजनीति

सांसदको संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तनको प्रयास गर्छुः गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले  संसदीय दलको नेता बन्न फेरि प्रयास गर्ने बताएका छन्। विराटनगरमा शनिबार पत्रकारहरूसँगको महामन्त्री थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका हुन्।  

उनले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुन्ः प्रयास गर्नु स्वभाविक भएको पनि बताए।

'संसदीय दलको नेताका लागि मैले भिडेकै हो। हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो निरन्तर कोसिस हुन्छ.'  उनले भने, 'पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास छ । मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु,'

 

प्रकाशित: ३० असार २०८० ०५:५३ शनिबार

सांसदको संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तनको प्रयास गर्छुः गगन थापा