कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्वव थापा नियुक्त भएका छन्।
बिहीबार प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा धारा ६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतम सहित ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै दाबी पेश गरेका थिए।
प्रकाशित: २१ असार २०८० ११:४८ बिहीबार