राजनीति

नेकपा एसकाे संसदीय दलको बैठक बस्दै

फाइल तस्बिर

आज नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दैछ। बैठकमा बजेटबारे पार्टीका सांसदहरुको असन्तुष्टिमाथि छलफल हुनेछ। बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरु सरकारसँग असन्तुष्ट छन्। 

पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि बजेटबारे जनाएपनि प्रधानमन्त्री दाहालसँगको छलफलपछि भने सकारात्मक देखिनुभएको छ। तथापी पार्टीका सांसदहरुले भने बजेट संशोधन नभए समर्थन गर्न नसक्ने चेतावनी दिँदै आएका छन्।

प्रकाशित: ७ असार २०८० ०३:३९ बिहीबार

नेकपा एसको संसदीय दलको बैठक बस्दै नेकपा (एकीकृत समाजवादी)