राजनीति

कांग्रेस नेता बस्नेतको निधन

नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो।

विसं २००२ मंसिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका संघर्षका क्रममा पटकपटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए। उनी अविवाहित थिए।

विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहेका बस्नेत हाल जननायक विपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए। उनको पार्थिव शरीर आज दिउँसो श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले बताए।

प्रकाशित: २९ वैशाख २०८० ०५:१८ शुक्रबार

नेपाली कांग्रेस तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन