राजनीति

प्रधानन्यायाधीशबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै

आज संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठक साँझ ६ बजे सिंहदरबारमा बोलाइएको हो। आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने बताइएको छ।

विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन। प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एशोसिएशनले आन्दोलन गर्दै आइरहेको छ।

प्रकाशित: २५ वैशाख २०८० ०३:२८ सोमबार

प्रधानन्यायाधीशबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन