उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गरेका छन्। आज एक वक्तव्य जारी गर्दै उनले राष्ट्रपतिको सुस्वास्थ्य एवं शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।
राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारका लागि आज भारत प्रस्थान गरेका छन्। उनको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए।
नेपालको त्रिवि अस्पताल र भारतको एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उनलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने राय आएपछि राष्ट्रपति पौडेल आज भारतको एम्स अस्पताल गएका हुन्।
प्रकाशित: ६ वैशाख २०८० १४:०३ बुधबार