राजनीति

राष्ट्रपति पौडेल आज गोरखा जाँदै,सर्वसाधारणलाई असर नगरि सुरक्षा प्रबन्ध मिलाउँदै

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि पहिलो पटक काठमाडौं बाहिर जान लागेका छन।आज उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ।  

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन्।उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको बुझिएको छ।

यसअघि राष्ट्रपति पौडेल साधारण तरिकाले काठमाडौंको बसन्तपुर दरबारमा जाँदा आम नागरिकले उनको प्रसम्सा गरेका थिए। 

प्रकाशित: १२ चैत्र २०७९ ०२:३१ आइतबार