राजनीति

समाजवादीलाई राष्ट्रपतिको प्रस्ताव आएको छैन: नेता खनाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन्।  

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्। उनले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए।  

उनले राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताए।  

प्रकाशित: १० फाल्गुन २०७९ १०:०४ बुधबार

झलनाथ खनाल