राजनीति

वायु र ध्वनी प्रदुषण बेलैमा नियन्त्रण गर्न जरुरी छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले वायु र ध्वनी प्रदुषण बेलैमा नियन्त्रण गर्न जरुरी रहेको बताएकी छिन्।

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले वायु र ध्वनी प्रदुषण बेलैमा नियन्त्रण गर्न जरुरी रहेको बताएकी हुन्।

उनले काठमाडौंमा देखिएको वायु प्रदुषणले जनस्वास्थ्यमा असर गरिरहेको पनि बताएकी छिन्। 

नेपालका हिमालहरुले पृथ्वीको तापक्रम सन्तुलनमा राख्न, समुद्र स्वच्छ राख्न खेलेको भूमिकाको प्रतिफल अन्तराष्ट्रिय वित्तिय तथा प्राविधिक सेवा लिने प्रयास गर्नुपर्ने उनले बताइन्।

त्यस्तै उनले विपत व्यवस्थापनको क्षमता वृद्धि गर्नुपर्ने र उद्दार क्षमताको विकासमा ध्यान दिनुपर्ने पनि बताइन्। 

प्रकाशित: २७ माघ २०७९ १०:२९ शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारी