राजनीति

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद् तमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।  अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको सुभकामना समेत दिए ।  

आइतबार उपाध्यक्षमा अर्यालको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएकी हुन्। अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, समर्थकमा एमालेका देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा थिए।

पर्साको वीरगन्ज महानगरपालिका-२३ गण्डकचोक स्थायी ठेगाना भएकी ६६ वर्षीया अर्याल २०७८ फागुनदेखि राष्ट्रियसभामा सांसद छिन्। यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त थियो।

एमाले र माओवादी केन्द्रको सहमतिमा माओवादी केन्द्रले उपाध्यक्ष पद पाएको थियो। त्यसमा उम्मेदवार बनेकी अर्याललाई कांग्रेसले प्रतिस्पर्धी नदिएर निर्विरोधका लागि सघाएको छ।

राष्ट्रिय सभाको अर्काे बैठक आजै केहीबेरपछि बस्ने छ । 

प्रकाशित: २३ माघ २०७९ ०६:४७ सोमबार