राजनीति

गोरखाले पायो सिडिओ

गोरखामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोकिएका छन्। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका दिनेश सागर भुषाललाई गृह मन्त्रालयमा तानेर गोरखा पठाइएको छ। 

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्राचार गर्दै प्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयबाट गोरखाको प्रमुख जिल्ला अधिकारीको रुपमा सहसचिव भुषालाई पठाइएको जनाएको छ। माघ ६ गते गृह मन्त्रालयले बिभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओको सरुवा गरेको थियो । त्यतीबेला गोरखा सरुवा भएका लालबाबु कवारीलाई पुन गृहले फिर्ता गराएपछि गोरखा प्रजिअ बिहिन थियो। 

गोरखामा सरुवा भएका सहायक प्रजिअ पुष्कर रानापनि बिहीबारसम्म हाजिर भएका छैनन्। निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी अधिकृत गणेशप्रसाद भट्टराईले सम्हाल्दै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित जिल्ला, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको गृह जिल्ला गोरखामा प्रजिअ बिहिन भएको बारे जिल्लामा चर्चा चलेको थियो। 

प्रकाशित: १९ माघ २०७९ ११:४३ बिहीबार

गोरखामा प्रमुख जिल्ला अधिकारी