राजनीति

एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन: रवि लामिछाने

रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत र स्वीकार गर्ने बताएका छन्।  

आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताएका हुन्।

मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ‘ तपाईहरु अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ। म अहिले कुनै पनि हैसियतमा छैन। म केही पनि होइन, म कहिँको पनि होइन।अनागरिक भएको छु। अहिले थप प्रश्न नसोध्नुस्। यतिबेला मेरो कुनै परिचय छैन। परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ?’

अब के गर्नुहुन्छ? भन्ने प्रश्नमा उनले भने, 'एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन।' 

प्रकाशित: १३ माघ २०७९ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App