राजनीति

वाग्मतीमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउँदै प्रदेश प्रमुख शर्मा।

वाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ। बुधबार थप ८ जना मन्त्री थपिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो। नवनियुक्त मन्त्रीहरुले बुधबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। सत्तारुढ दलको बीचमा आन्तरिक भागबण्डा मिलेसंगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुलाई वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। प्रदेश प्रमुख शर्माले वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा शपथ गराएका हुन्। नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशव पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री भएका हुन्। 

नेकपा माओवादी केन्द्रबाट सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास, सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामीला तथा कानून र मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री बनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धादिङका डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी र काठमाडौंका राजु विष्ट वन तथा वातावरण मन्त्री भएका छन्। यसअघि विना विभागीय मन्त्री रहेका काठमाडौंका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया ९जेएन० आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भैसकेका थिए। अघिल्लो कार्यकालमा १४ वटा पु¥याइएको मन्त्रालयको संख्या घटाएर ११ बनाइएको छ।  

माओवादीमा पुरानैलाई मौका

वाग्मती प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट एकजना बाहेक पुरानै अनुहारले मौका पाएका छन्। डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामीला तथा कानून मन्त्री र राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामीला तथा योजनामन्त्री रहेका माओवादी नेता शालिकराम जम्कट्टेल वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। यस्तै डोरमणि नेतृत्वकै सरकारमा सामाजिक विकास मन्त्री रहेका युवराज दुलाल ‘शरद्’ यस पटक भौतिक पूर्वाधार विकास मन्त्री भएका हुन्।

 राजेन्द्रप्रसाद नेतृत्वको प्रदेश सरकारमा सामािजक विकास मन्त्री बनेकी कुमारी मोक्तानले यसपटक पनि सोही मन्त्रालयकै जिम्मेवारी पाएकी छिन्। मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालयको जिम्मेवारी पाएको माओवादीबाट एकजना मात्रै नयाँ अनुहार मन्त्री बनेका छन्। गंगानारायण श्रेष्ठले उक्त मौका पाएका हुन्। माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता श्रेष्ठले आन्तरिक मामीला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन्।  

प्रकाशित: ११ माघ २०७९ १०:१५ बुधबार

वाग्मती प्रदेश सरकार