स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न सम्बन्धित निकायहरु एकतावद्ध भएर काम गर्नुको विकल्प नरहेको बताएका छन्।
बिहीवार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री गिरीले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको भन्दै वास्थ्य सेवाको पहुँच बिस्तार गर्न आवश्यक रहेको बताए। उनले उपचार नपाएर मर्नुपर्ने बाध्यतालाई हटाउन सक्नुपर्ने जिकिर गरे।
उनले स्वास्थ्य सेवाको पहुँच बिस्तार गरी गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालयले आवश्यक नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्। उनले सरकारी अस्पतालमा ल्याबमा हुने उपकरणहरु चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै यस्ता कुराहरु हटाएर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिए।
मन्त्री गिरीले जनशक्तिको अभावलाई आवश्यक बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा बिस्तारमा लाग्ने पनि बताए।
प्रकाशित: ५ माघ २०७९ ११:४४ बिहीबार