कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा एमाले की नन्दा गुरुङ निर्वाचित भएकी छिन्।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ्लाई बहुमतले निर्वाचित गरेको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्टले बैठक सञ्चालन गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को उपनियम ७ को उपनियम ६ बमोजिम मत विभाजन गरेका थिए।
प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा उपस्थित ३८ सदस्यमध्ये गुरुङको पक्षमा २४ जनाले मतदान गरेका थिए । गुरुङ समानुपातिकतर्फ सुर्खेतबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्।
यस्तै सभामुख पदका उम्मेदवार नेपाली कांग्रेसका खड्ग पोखरेलले १४ मत प्राप्त गरेका थिए । एमाले सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङको कर्णालीको इतिहासमा पहिलो महिला सभामुख भएकी हुन्।
प्रकाशित: १ माघ २०७९ ०९:२२ आइतबार