घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित भएका छन्।
पार्टी कार्यालय तीनकुनेमा शनिबार बसेको पार्टीको सचिवालय बैठकले भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो।
नेकपा एमाले परित्याग गरेका भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।
गत मंसिर ४ गतेको प्रतिनिधि सभा चुनावमा नेकपा एमालेबाट टिकट नपाएपछि उनले पार्टी परित्याग गरेका थिए। रूपन्देही-१ बाट प्रतिनिधि सभा सदस्य चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।
प्रकाशित: ३० पुस २०७९ ०७:२३ शनिबार