राजनीति

एमाले अध्यक्ष ओली पुगे बालुवाटार, प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

शक्ति बाँडफाँडबारे छलफल गर्ने उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन बालुवाटार पुगेका छन्।

स्रोतका अनुसार छलफलको प्रमुख एजेण्डा शक्ति बाँडफाँड नै हो। त्यस भित्र पनि मन्त्रीपरिषद विस्तार, सभामुखको चयनका बिषय टुङगो लगाउन अध्यक्ष ओली बालुवाटर पुगेका हुन्।

अहिले प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच छलफल हुँदैछ। एमाले अध्यक्ष ओली गठबन्धनलाई कसरी बलियो बनाउने भन्ने कुरामा बढि चिन्तित रहेको र त्यही सिलसिलामा दुई नेताबीच छलफल भइरहेको बुझिएको छ।  

अध्यक्ष ओली सभामुखको निर्वाचन अघि नै मन्त्रीपरिषद विस्तार गर्न चाहन्छन्।

प्रकाशित: २८ पुस २०७९ ११:०९ बिहीबार

केपी शर्मा ओली पुष्पकमल दाहाल