राजनीति

लुम्बिनी प्रदेश: मुख्यमन्त्रीका लागि एमालेका गिरिको दावी पेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका लीला गिरिले दावी पेश गरेका छन्।

५५ सांसदको हस्ताक्षर सहित गिरिले आफूलाइ प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री दावी पेश गरेका हुन्।  

लुम्बिनी प्रदेशमा कुल सांसदको संख्या ८७ हो। गिरिले एमालेका २९, माओवादीका १०, राप्रपाका ४,जसपाका ३,जनमत पार्टीका ३,नागरिक उन्मुक्ति पार्टीका ४,स्वतन्त्र २ सहित ५५ जना साम्सदको हस्ताक्षर बुझाएका छन्।

प्रकाशित: २७ पुस २०७९ ०७:०६ बुधबार

लीला गिरि लुम्बिनी प्रदेश