राजनीति

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा दाबी पेश गर्दै

फाइल तस्बिर

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका  नेता राजकुमार शर्माले आज दाबी गर्ने भएका छन्।नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशको संसदीय दलका नेता राजकुमार शर्माले आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।

कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीका लागि  दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म लागि तोकिएको छ।

प्रकाशित: २७ पुस २०७९ ०६:०५ बुधबार