राजनीति

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा

फाइल तस्बिर

नेकपा एमाले छोडेर  प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने तयारीमा रहेका छन्। 

एकीकृत समाजवादी प्रवेशका लागि उनले प्र्रस्ताव पनि पठाएका छन्। भुसालले  एकीकृत समाजवादी  पार्टीलाई पठाएको प्रस्तावमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन एकीकृत समाजवादीका नेताहरूले सकारात्मक प्रयास गरेको बताएका छन्।

उनको प्रस्ताव आज बसेको केन्द्रीय सचिवालय बैठकबाट स्वीकार गरिएको एकीकृत समाजवादीका एक नेताले  जानकारी दिएका छन।अब भुसाललाई एकीकृत समाजवादीले पार्टी प्रवेशका लागि प्रस्ताव पठाउने पनि एकीकृत समाजवादीका एक नेताले बताएका छन्।

भुसालले एकीकृत समाजवादीमा आउनका लागि महासचिव पदमा आकांक्षा राखिएको बुझिएकोछ। गएको मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उमेदवारी दिएका भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।

धनश्याम भुसालले नेकपा एकिकृत समाजवादीलाई पठाएको प्रस्ताव

 

प्रकाशित: २६ पुस २०७९ ०७:२० मंगलबार