राजनीति

स्ववियु निर्वाचनमा लाग्न अखिल (क्रान्तिकारी) लाई प्रधानमन्त्री दाहालको निर्देशन

फाइल तस्बरि।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अखिल (क्रान्तिकारी) लाई चुनावमा लाग्न निर्देशन दिएका छन्।

बिहीबार अखिल (क्रान्तिकारी) को पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका अखिल (क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेको छ। यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ। प्रधानमन्त्री दाहालले संगठनमा असन्तुष्ट बनेकाहरूलाई सहमतिमा ल्याउनुपर्ने बताए।

उनले पञ्चा सिंह नेतृत्वको कमिटीनै आधिकारिक र वैधानिक कमिटी भएकोमा पार्टीमा कुनै कन्फ्युजन नरहेको भन्दै संगठनका समस्याहरू समाधान गरेर स्ववियु चुनाव केन्द्रित हुन प्रधानमन्त्री दाहालले निर्देशन दिएका उपाध्यक्ष मैनालीले जानकारी दिए।

आफ्नो तेस्रो कार्यकालमा उल्लेख्य काम गर्ने भन्दै प्रधानमन्त्री दाहालले नराम्रो केही नगर्ने, प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सरकारले राम्रै राम्रो मात्र गरेर स्मरणीय कार्यकाल बनाउन आफू लागेको दाहालको भनाई थियो।

यसपटक ऐतिहासिक काम गर्ने उनको दाबी छ। बैठकमा ४१ पदाधिकारी मध्य ३७ पदाधिकारी सहभागी भएका थिए।

प्रकाशित: २१ पुस २०७९ १६:३१ बिहीबार