राजनीति

एमालेले सांसदहरुलाई प्रशिक्षण दिने

पछिल्लो राजनीतिक परिस्थितिबारे नेकपा एमालेले सांसदहरुलाई प्रशिक्षण दिने भएको छ।

प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई, पछिल्लो राजनीतिक घट्नाक्रम र संसदीय अभ्यासबारे २ दिने प्रशिक्षण दिने भएको हो।

‘सांसदहरुलाई प्रशिक्षण दिन लागिएको हो अरु कुनै कारण छैन’, एमालेका उपाध्यक्ष सुवास नेम्वाङले भने।

पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र २४ गते सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम राखिएको एमालेले जनाएको हो। प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

सचिवालय र संसदीय दलबीचको सम्बन्धका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेम्वाङको दावी छ।

प्रकाशित: २१ पुस २०७९ ०६:४५ बिहीबार

नेकपा एमाले