राजनीति

सुनसरी १ मा जसपाका अशोक राईलाई ४ मतको अग्रता

सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेदवार अशोककुमार राईले झिनो ४ मतले अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरानको सबै २० वटा वडा र बराहक्षेत्रको वडा १,२, ३ को मतगणना सकिदा जसपाका उम्मेदवार राईले ४ मतको अग्रता लिएका हुन्। कुल ६६ हजार २५ मतगणना सकिदा राईले १३ हजार ८०१ मत पाएका छन्। उनी भन्दा ४ मतले पछि परेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन)ले १३ हजार ७९७ मत पाएकी छिन्।  

तेस्रो स्थानमा गबठन्धनका उम्मेद्वार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले १० हजार ७८४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले ६ हजार ८३४ मत पाएका छन् । राप्रपाका अशोक राई (अविरल)ले ६३२९ मत पाएका छन्।  

जसपा उम्मेदवार अशोक राई र राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)

प्रकाशित: ११ मंसिर २०७९ ०६:४५ आइतबार

अशोककुमार राई गोमा तामाङ (सरिन) Election 2079