राजनीति

झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

लिङ्देन ४० हजार ६४८ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए।

लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।

प्रकाशित: ८ मंसिर २०७९ ११:०८ बिहीबार

अध्यक्ष राजेन्द्र लिङ्देन Election 2079