राजनीति

सुर्खेत-२ (क) मा एमालेका यामलाल कँडेल विजयी

सुर्खेत क्षेत्र नम्बर २ (क) मा नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल निर्वाचित भएका छन्। 

बिहीबार बिहान आएको मत परिणाम अनुसार एमालेका उम्मेदवार कँडेलले १८ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत ल्याएका थिए। कँडेलले १६१ मतान्तरले शाक्यलाई पराजित गरेका हुन्।

प्रकाशित: ८ मंसिर २०७९ ०३:१६ बिहीबार

Election 2079