राजनीति

कैलाली १ (क) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भारी मतान्तरले विजयी

कैलाली क्षेत्र नं. १ को प्रदेश (क) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भारी मतान्तरले विजयी भएका छन्। उनी प्रतिद्वन्दी भन्दा ४ हजार ७२४ मतले विजयी भएका हुन्।  

उनले १५ हजार १०१ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट माओवादीका दीर्घ बिनाडीले १० हजार ३७७ मत पाएका छन्।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका भीमबहादुर बमले ४ हजार ६० र जसपाका भगतराम चौधरीले २ हजार २८७ मत पाएका छन्।  

क्षेत्र नं. १ को प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित निश्चित भैसकेको छ भने प्रदेश (ख) मा समेत सोही पार्टीका लक्ष्मण किशोर चौधरीको सुरुवाती अग्रता कायमै छ। चौधरी गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेस केन्द्रिय सदस्य भन्दा करिब ३ हजार बढी मतले अघि छन्।

प्रकाशित: ८ मंसिर २०७९ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App