राजनीति

सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित

सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन्। उनले स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गरेका हुन्।

एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले ३५ हजार ७०० मत ल्याई विजयी हुँदा पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन्।

त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ०१:०१ बिहीबार

Election 2079