राजनीति

दैलेखको क्षेत्र नं २ मा विवादका कारण मतगणना रोकियो

दैलेखको क्षेत्र नं. २ मा विवादका कारण सोमबार साँझ सम्म पनि मतगणना सुरु हुन सकेको छैन्।  

मतदान सकिएपछि सबै ठाँउको मतपेटिका दुल्लु स्थित निर्वाचन अधिकृतको कार्यालयमा आएपनि ठाटिकाँध-२ को पिपलचौतारमा मतदान केन्द्रको मतपेटिका बिहानसम्म नआएपछि  विवाद भएको थियो।  

दलका नेताहरूबीच छलफल भएपनि टुंगोमा पुग्न सकेन। जसका कारण मतगणना हुन् सकेको छैन।  

उक्त केन्द्रका मतदान अधिकृत सुतेका कारण मतपेटिका ल्याउन सकिएको थिएन्।  

मतपेटिकाको शिल नम्बरहरु मिलेको र जस्ताको तस्तै रहेपनि दिउसो करिब १ बजे बसेको सर्वदलिय सर्वपक्षिय वैठक सहमतिमा पुग्न सकेन। मतगणनाको विषय यतिवेलासम्म अन्यौल रहेको छ।

प्रकाशित: ५ मंसिर २०७९ ११:३५ सोमबार

मतगणना Election 2079